नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

रामेछापको दुई स्थानमा झडप, प्रहरीले गोली चलाउँदा मतदान रोकियो 

ओखलढुङ्गान्युज । ३० बैशाख, रामेछाप । मतदानको क्रममा रामेछाप जिल्लाको दुइ स्थानमा प्रहरीले गोली चलाएको छ । मतदानको क्रममा दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । 

जिल्लाको दुई स्थानमा झडप भएपछि गोली चलाउनु परेको हो जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । जिल्लाको दोरम्बा सैलुङ गाउँपालिकाको मानपुर कृष्ण मावि मतदान केन्द्र र खाँडादेवी गाउँपालिका स्थित वडा नम्बर १ राकाथुममा मतदान केन्द्रमा भएको झडपलाई नियन्त्रणमा लिन ७ राउण्ड गोली चलाउनु परेको जिल्ला पहरी कार्यालय रामेछापले जनाएको छ । 

तनावपछि मतदान नै रोकिएको प्रहरीको भनाइ छ । रोकिएको मतदान सुचारु गराउनका लागि सर्वदलिय छलफल जारी रहेको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।