नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

स्थानीय तहको निर्वाचन २०७९ : मतदान सुरु

ओखलढुङ्गान्युज । ३० बैशाख, ओखलढुङ्गा । स्थानयि तहको निर्वाचन २०७९ अन्तर्गत केहि स्थानीय तहका केही वडा बाहेक स्थानहरुमा मतदान सुरुवात भएको छ । जिल्ला भर मतदानको कार्य शान्ति पूर्ण रुपमा भैरहेको जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाका प्रमुख प्रेम प्रसाद न्यौपानेले बताए ।

जिल्लाको निर्वाचन सुरक्षा योजना मुताविक अहिले निर्वाचन स्थल तथा केन्द्रहरुमा सुरक्षाकर्मीहरुले सुरक्षा दिईरहेको प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले जानकारी दिनुभयो । तामाङका अनुसार यो समाचार तयार पादै गर्दासम्म जिल्लाका सबै स्थानहरुमा शान्तिपूर्ण रुपमा मतदान भैरहेका छन् । मतदानको लागि बाहिरी घेरामा नेपाली सेना, भित्र दोश्रो घेरामा सशस्त्र प्रहरी र भित्रि घेरामा नेपाल प्रहरी र म्यादी प्रहरीले सुरक्षा दिईरहेका छन् ।

स्थानीय तहको निर्वाचन अन्तर्गत आज केहि स्थानीय तह बाहेक अधिकांश स्थानीय तहहरुमा विहान ७ बजेवाट नै मतदान सुरु भएको छ । मतदानको काम बेलुकी ५ बजेसम्म जारी रहने छ । स्थानीय तहको निर्वाचनका लागि प्रत्येक मतदान स्थलमा सुरक्षा व्यबस्था उच्च सतर्कताका साथ कडाई पारिएको छ ।