नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

लिखुमा निर्वाचनको तयारी सकियो, मतगणनाको लागि भलिवलको जाली

ओखलढुङ्गान्युज २९ बैशाख, यसम लिखु गाउँ पालिकामा स्थानीय निर्वाचन २०७९ अर्थात बैशाख ३० का लागि सम्पूर्ण तयारीको काम सकिएको लिखु गाउँपालिका निर्वाचन अधिकृतको कार्यालय यसमले जनाएको छ । निर्वाचनको तयारी अन्तर्गत यो समाचार तयार पार्दा सम्म केहि वडाका केही मतदान स्थल बाहेक अधिकांश मतदान स्थलको निर्माण कार्य समेत सम्पन्न भएको छ ।

लिखु गाउँपालिकाका अधिकांश स्थानहरुमा मतदान स्थलको तयारीको काम सकिएको लिखु गाउँपालिकाका निर्वाचन अधिकृत राजेश कुमार थापाले जानकारी दिनुभयो । थापाका अनुसार मतदान स्थलबाट नयाँ मतदाताहरुको परिचयपत्र वितरणको काम भैरहेको छ । परिचयपत्र वितरण सँगै मतदान स्थलवाट मतदाता शिक्षा सञ्चालन गरिरहेको पनि निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो ।

मतदान स्थलमा मतदाता शिक्षा सञ्चालन गर्न कर्मचारी खटिएको भएपनि मतदाता शिक्षा कार्यक्रम त्यती प्रभावकारी भने देखिएको छैन । मतदाता शिक्षा कार्यक्रममा स्थानीय नागरिकहरुले चासो देखाएको नपाईएको निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो । तथापी भोली विहान सम्म मतदाता शिक्षा सञ्चालन गर्न कर्मचारीहरुलाई निर्देशन गरिएको छ ।

लिखुमा मतदानको कार्य सकिएपछि मतपेटिकाहरुलाई भोलि नै गाउँपालिकाको कार्यालयमा जम्मा गर्ने गरि तयारी गरिएको छ । मतपेटिका जम्मा भैसकेपछि सर्बदलिय बैठक बसेर ३० गते बेलुकी देखि नै मतगणना गरिने निर्वाचन अधिकृत थापाको भनाई छ । मतगणनाको लागि गणना स्थलको चारै तर्फ सिसि क्यामेराको ब्यबस्था गरिएको छ ।

मतगणना स्थलमा सिसि क्यामेरासँगै मतगणनाको क्रममा विवाद भैहालेमा मतपत्र सुरक्षित राख्ने उद्धेश्यले भलिवलको जाली प्रयोग गरिएको छ । मतगणनाको क्रममा जालि भन्दा भित्र मतपत्र तथा मतगणकहरु रहने छन् । जाली भन्दा बाहिर उमेद्वारका प्रतिनिधीहरु रहने छन् । जालि भित्रवाट जालि भन्दा बाहिर बसेकाहरुले मतपत्रमा गरिएको संकेत राम्रोसँग देख्ने गरि जालि लगाईएको पनि निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते देशैभर एकैचरणमा सञ्चालन हुदैछ । स्थानीय तहको निर्वाचनमा ओखलढुङ्गाबाट १ लाख १७ हजार भन्दा बढि मतदाताले मत दिदैछन् ।