नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

सिंहदेवीको वडा अध्यक्षमा जुवाई–ससुराको प्रतिष्पर्धा, भोट शिवलाई दिने

ओखलढुङ्गान्युज २७ बैशाख, ओखलढुङ्गा लिखुको वडा नं. २ मा ससुरा र जुवाईका विच रोचक चुनावी प्रतिष्पर्धा हुँदैछ । वडा नं. २ को वडा अध्यक्ष पदमा माओवादीवाट जुवाई र कांग्रेस, एमालेवाट ससुराले प्रतिष्पर्धा गर्दैछन् । प्रतिष्पर्धामा विजयी भने जुवाई शिवराम खड्का हुने आकलन गरिएको छ ।

चुनावी प्रतिष्पर्धामा नेकपा माओवादी केन्द्रवाट शिवराम खड्का, नेपाली कांग्रेसवाट राम कुमार बुढाथोकी र एमालेवाट रामहरि बुढाथोकी चुनावी मैदानमा छन् । कांग्रेस र एमालेवाट चुनावी मैदानमा देखिएका दुवैजना बुढाथोकी माओवादी केन्द्रका उमेद्वार शिवराम खड्काका ससुरा हुन् । ससुरा र जुवाई तिनजना तिन राजनीतिक पार्टीवाट चुनावी मैदानमा देखिएपछि चुनाव भने जुवाई खड्काले नै जित्ने दावी गरिएको छ ।

माओवादी केन्द्रका उमेद्वार खड्का  नेतासँगै युवा वर्ग र वडाका नागरिकहरुले रुचाईएका लोकप्रिय युवा नेता हुन् । खड्का वडामा समाजसेवाका दृष्टिकोणले अत्यन्तै लोकप्रिय रुपमा रहेका छन् । युवा र स्थानीय स्तरमा लोकप्रिय देखिएका खड्का आफ्नो जुवाई समेत रहेकोले ससुराहरुले समेत खड्कालाई नै समर्थन गर्ने मनस्थितीमा रहेको सिंहदेविका एक स्थानीयले बताए । समाजमा लोकप्रिय रहेको र कांग्रेस तथा एमालेका उमेद्वारहरुले समेत सहयोग गर्ने देखिएपछि खड्काको पक्षमा मतभार बढेको उनको ठम्याई छ ।

चुनाव प्रचार प्रसारको अन्तिम दिन मतदाताहरुले समेत खड्कालाई नै आफूहरुले सहयोग गर्ने बताउन थालेका छन् । मतादाताहरुको यो भनाईसँगै सिंहदेवीमा खड्काले जित्ने दावी गरिएको छ ।