नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

एमालेका वडा अध्यक्षको उमेद्वार थापा विरुद्ध उजुरी

ओखलढुङ्गान्युज । २७ बैशाख, ओखलढुङ्गा । एमालेका वडा अध्यक्षको उम्मेदवार शुरेश थापा विरुद्ध उजुरी परेको छ । चम्पादेवी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्षका उम्मेदवार थापा विरुद्ध प्रहरीमा उजुरी परेकाे हाे ।

चम्पादेवीका स्थानीय राजु पाेखरेलले वडा अध्यक्षको उम्मेदवार थापा लगायतकाे समुहले बाटाे छेकेर माेटरसाइकलकाे चावी खाेसेर कुटपीट गरेकाे भन्दै उजुरी गरेका हुन् । पोखरेलले आफुमाथि एमाले उम्मेदवार थापासहितका ३ जनाले कुटपीट गरेकाे बताएका छन् ।

प्रहरीलाइ उजुरी गरेपनि उजुरी माथि सुनुवाइ नभएकाे पोखरेलकाे गुनासाे छ । घटनाबारे बुझ्न खाेज्दा आराेपित थापाकाे माेवाइल नम्बरमा सम्पर्क हुन सकेन  ।