नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

चार दिन ओखलढुङ्गाका सबै सरकारी कार्यालयको सेवा प्रवाह अबरुद्ध हुने

ओखलढुङ्गान्युज २७ बैशाख, ओखलढुङ्गा शुक्रबार सम्म ओखलढुङ्गाका सबै सरकारी कायालयहरुको सेवा प्रवाहमा अबरुद्ध हुने भएको छ । आज मंगलबार देखी ३० गते शुक्रबार सम्म ओखलढुङ्गाका सरकारी कार्यालयहरुले प्रवाह गर्ने अत्यावश्यकका बाहेक सबै सेवा प्रबाह बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरि जानकारी दिएको हो ।

जिल्ला प्रशासन कार्यालयले जारि गरेको सूचनामा भनिएको छ, ‘जिल्लाका विभिन्न कार्यालयका कर्मचारीहरु स्थानीय निर्वाचनको कार्यक्रमका लागि खटिई गएकोले कार्यालयहरुवाट प्रबाह हुने अत्यावश्यकका सेवा बाहेक बैशाख ३० गते सम्म बन्द रहने छ ।’ चुनावका लागि कार्यालयका कर्मचारीहरु खटिएर गएको र सामान्य कामका लागि समेत कार्यालयमा नागरिकहरु आउदा नागरिकहरुलाई हुने भएकोले सूचना प्रकाशित गरिएको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ ।