नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

कामी रिताले बनाए सगरमाथा आरोहणको अर्को किर्तिमान

ओखलढुङ्गान्युज २५ बैशाख, काठमाण्डौं २५ पटक सगरमाथाको आरोहण सफलता पूर्वक चढि सकेका कामी रिता शेर्पाले शनिवार अर्को किर्तिमान कायम गरेका छन् । शेर्पाले शनिवार (बैशाख २४ गते) सगरमाथाको २६ औं पटक सफलता पूर्वक सगरमाथाको आरोहण गर्दै नयाँ किर्तिमान कायम गरेका हुन् ।

शेर्पा आइसफल डाक्टरको ११ सदस्यीय टोलीको नेतृत्व गर्दै शनिबार सगरमाथा शिखरमा पुगेका आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिटले जानकारी दिएको छ । शेर्पाले यस अगाडी आफैले बनाएको किर्तिमान तोडेका हुन् ।

सोलुखुम्बुको थामेमा जन्मेका ५२ बर्षिय शेर्पाको नाममा सन् २०१८ देखि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम छ । उनले मे १६ २०१८ मा २२ औं पटक सगरमाथा आरोहण गर्दै आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए ।