नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

कोरोनाका कारण १ करोड ५० लाख मानिसको मृत्यु

ओखलढुङ्गान्युज २३ बैशाख विश्वमा फेरि क्रमशः कोरोनाको संक्रमण दर फैलन थालेको छ । विश्वभर कोरोना संक्रमण दर बढ्न लागेपछि सतर्कता अपनाउन सबैसँग सरकारले आग्रह गरेको छ ।

यसैक्रममा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर कोरोना भाइरस संक्रमणका कारण करिब १ करोड ५० लाख मानिसको मृत्यु भएको अनुमान गरेको छ । सन् २०२० जनवरी १ देखि २०२१ डिसेम्बर ३१ को बीच मृत्यु हुने संख्याको डब्लूएचओको नयाँ अनुमान हो ।

विश्व स्वास्थ्य संगठनले उक्त अनुमान गर्दै गर्दा हाल सम्म विश्वमा कोरोनाबाट ५४ लाखको मात्रै मृत्यु भएको आधिकारिक मानिएको छ । धेरै देशले कोभिडबाट मृत्यु हुनेको संख्या कम देखाएको डब्ल्यूएचओले जनाएको छ । डब्लूएचओले भारतमा मात्रै कोरोनाले ४७ लाख मानिसको मृत्यु भएको जनाएको छ । यो संख्या भारत सरकारको आधिकारिक तथ्यांकभन्दा करिब १० गुणा बढी हो ।

डब्लूएचओको यो नयाँ अनुमान गरेको तथ्यांकलाई भारत सरकारले भने आपत्ति जनाएको छ । भारतको आधिकारिक तथ्यांकअनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच लाख २३ हजार ९७५ पुगेको छ । कोरोनाको संक्रण दर करीब शून्यमा झरेको भारतमा अहिले पुन दैनिक तीन हजारको हाराहारीमा संक्रमण देखिएको छ ।