नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

ओखलढुङ्गामा ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु

ओखलढुङ्गान्युज २३ बैशाख, ओखलढुङ्गा सिद्धिचरण नगरपालिका ओखलढुङ्गामा आज दिउसो ट्रयाक्टर दुर्घटना हुदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा ट्रयाक्टरका चालक सिद्धिचरण नगरपालिका वडा नं. ७ का प्रेम लाक्पा शेर्पा रहेका छन् ।

सोलुखुम्बु सामान पुर्याएर ओखलढुङ्गा तर्फ फर्कदै गरेको महालक्ष्मी कन्ट्रक्सनको ग १ त ३१२९ नम्बरको गाडी दुर्घटनामा परेको हो । सोलु वाट ओखलढुङ्गा तर्फ आउदै गर्दा ट्रयाक्टर सिद्धिचरण नगरपालिका वडा नं. ५ ठाडे भन्ने स्थानमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

तिब्र गतिमा रहेको ट्रयाक्टरलाई नियन्त्रणमा लिन सडकवाट खसेको अनुमान गरिएको छ । ट्रयाक्टर सडकवाट तल करीब १०÷१५ मिटर खसेको थियो । मृतक ट्रयाक्टर चालक शेर्पाको शबलाई अहिले सामुदायीक अस्पताल सोब्रुमा राखिएको छ । यो समाचार तयार पार्दै गर्दा शबलाई परिवारको जिम्मा लगाउने तयारी गर्दै गरिएको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।