नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

वडालाई समृद्ध बनाउने ईटा थप्ने योजना छ मेरो : वडा अध्यक्षका उमेद्वार अनिल

ओखलढुङ्गान्युज २३ बैशाख, शेर्ना स्थानीय तहको निर्वाचन बैशाख ३० नजिकिएसँगै स्थानीय तहहरुमा राजनीतिक दलका उमेद्वारहरुले मतदाता भेटघाट अभियानलाई तिब्रता दिएका छन् । सोहि क्रममा अहिले चिशंखुगढी गाउँपालिका वडा नं. ५ का उमेद्वार नेत्र भट्टराई अनिल पनि अहोरात्र खटिई रहेका छन् । उनी नेकपा माओवादी केन्द्रका तर्फवाट चिशंखुगढी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्षका उमेद्वार हुन् ।

आफूलाई मतदान गर्न जनताको घरदैलो जादै गर्दा शेर्नामा आफूले जित्ने दाबी गरेका छन् । पछिल्ला चुनावहरुलाई हेर्ने हो भने नागरिकहरुले बढिजसो नयाँ युवाहरुलाई रुचाउन थालेका छन् । सानै उमेर देखि विभिन्न समाज रुपान्तरण र नागरिकको सेवामा तल्लिन भएका युवा व्यक्ति अनिललाई अहिले नेकपा माओवादी केन्द्रले वडा अध्यक्ष पदको उमेद्वारी बनाएको छ । मतदाताहरुको चाहना युवा भएको र पहिल्यै देखी नागरिकहरुको हरेक सुखदुखमा सँगै रहेर साथ दिएका कारण शेर्नाका नागरिकहरुले आफुलाई विश्वास गरेकोले वडा अध्यक्ष पदमा आफू धेरै मतान्तरले विजयी हुने दाबी गरे ।

वडा अध्यक्ष पदका उमेद्वार अनिल युवा, सहयोगी भावनाका साथै हरेक नागरिकलाई परेको समस्यामा सेवाभावले काम गर्छन् । मतदाताको चाहना पनि अहिले युवालाई हेरौं भन्ने मनोभावना रहेको पाईन्छ । नागरिकहरुको विश्वासले आफू आगामी निर्वाचनमा विजयी हुने र मतदाताको मनोभावलाई पश्चाताप हुन नदिने गरि वडाको विकासमा आफूले एउटा ईट्टा थप्ने काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘नागरिकहरुले विश्वास गरि विजयी बनाएमा जवाफदेहि, पारदर्शी बन्दै आएको वडामा आउने हरेक बजेटलाई सदुपयोगका साथ कार्यान्वयन गर्छु । वडाको बृहत्तर विकासका लागि पालिकासँग मात्र सिमित नरहेर सम्बन्धित निकायहरुमा समेत आवश्यक पहल गर्छु । पाँच वर्षमा मेरो वडामा केहि नयाँ काम गरेर देखाउछु ।’

चिशंखुगढी गाउँपालिकामा गाउँपालिकाको प्रमुख र उपप्रमुख पदका लागि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका विचमा गठबन्धन भएपनि वडाहरुमा भने भएको छैन । वडामा गठबन्धन नभएपनि शेर्नामा माओवादी केन्द्रको प्यानलले नै चुनावमा विजयी हासिल गर्ने भट्टराईले बताए ।