नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

विपक्षी अत्तालिएर आफ्नो उमेद्वारलाई फसाउन खोजीयो ः एमाले लिखु

ओखलढुङ्गान्युज । २२ बैशाख, लिखु । नेकपा एमालेले लिखुमा विपक्षी दलका नेता अत्तालिएर आफ्नो पार्टीका उमेदवार मिलन कुमार विष्टलाई झुटो मुद्दामा फसाउन खोजेको आरोप लगाएको छ । नेकपा एमाले लिखु गाउँपालिका कमिटिले बुधबार दोहोरो नागरिकता र ठगी मुद्दामा पक्राउ पुर्जी जारी गरिएका उम्मेदवारको बचाउ गर्दै विज्ञप्ती मार्फत यस्तो आरोप लगाएको हो ।

बुधबार जारी गरिएको विज्ञप्तीमा विपक्षी पार्टी नेपाली कांग्रेसले झुटा मुद्दामा फसाउन खोजेको भन्दै पालिका अध्यक्ष पदका उम्मेदवार बिष्ट विरुद्ध राजनीतिक प्रतिशोध र सत्ताको दुरुपयोग गरेर झुटा मुद्धामा फसाइएको भन्दै आपत्ति जनाएको हो ।

विज्ञप्तीमा लिखुमा एमालेको लोकप्रियता देखेर विपक्षी दलहरु अतालिएकाले मतदातामा झुटा भ्रम र त्रास फैलाउने दुस्साहस गरेको आरोप लगाइएको छ । यस्ता झुटा आरोप तत्काल बन्द नगरिए एमाले लिखु गाउँपालिका कमिटि जस्तो सुकै मूल्य चुकाउन पछि नपर्ने समेत गाउँपालिका कमिटी अध्यक्ष रामकुमार आछामी मगर र सचिव रेशम विष्टद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

एमालेका तर्फवाट लिखु गाउँपालिकाको अध्यक्ष पदमा उमेद्वारी दिएका विष्ट विरुद्ध ओखलढुङ्गा र काठमाण्डौंवाट दोहोरो नागरिकता लिएको तथा बैंकिङ कसुर गरेको मुद्दामा वारेन्ट जारी भएको छ । पक्राउ पूर्जी जारी गरिएका एमाले उम्मेदवार विष्टलाई प्रहरीले भने फरार भनेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले पक्राउ पूर्जी जारी भएका आरोपी विष्ट फरार भएको र कानुन कार्यन्वयन हुने प्रतिक्रिया दिए ।