नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

छैन मतदाता शिक्षा, कस्तो छ यसपटकको मतपत्र ?

ओखलढुङ्गान्युज २० बैशाख, ओखलढुङ्गा स्थानीय तहको निर्वाचन आउन १० दिन मात्रै बाँकी रहदा जिल्लामा यस पटक निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छैन । मतदाता शिक्षा सञ्चालन नहुँदा स्थानीय तहको निर्वाचनमा मत बदरको संख्या बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

यस पटक कुनै पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रेम प्रसाद न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार यस पटक प्रत्यक्ष मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरिएको भएपनि रेडियो, टेलिभिजन, फेशबुक तथा मोवाईलको रिङ व्याकटोन मार्फत मतदाता शिक्षा कार्यक्रम भने सञ्चालन भैरहेको छ ।

प्रत्यक्ष मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा र गठबन्धन तथा मतपत्र डिजाईनका कारण यस पटक मत बदर हुन सक्ने सम्भावना बढि रहेको निर्वाचन कार्यालय प्रमुख न्यौपानेको भनाई छ । मत बदरको सम्भावनालाई कम गर्न कार्यालयको तर्फवाट पूर्व तयारी भैरहेको भएपनि मत बदरलाई घटाउन राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण हुने न्यौपानेको भनाई छ ।

यस पटक गठबन्धनका तर्फवाट उमेदवारी परेको तथा मतपत्रको दुईभागमा चुनाव चिन्ह हुँदा मतदाता झुक्किन सक्ने सम्भावना बढि छ । जसका कारण मतदाता मतपत्रमा छाप लगाउने बेला अलमलिएर छाप लगाउदा मत बदरको सम्भावना बढि हुन्छ । त्यसैले पनि राजनीतिक दलहरुले आफ्ना मतदाताहरुलाई चुनाव चिन्ह चिनाउन लागि परेमा मत बदरको सम्भावना कम हुने न्यौपानेले बताए ।

यस पटकको मतपत्रको नमूना