नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

कांग्रेसका बागी उमेदवार राजनको चुनाव चिन्ह लौरो

ओखलढुङ्गान्युज । १९ बैशाख, यसम । लिखु गाउँपालिकामा स्वतन्त्रवाट गाउँपालिकाको अध्यक्ष पदमा उमेदवारी दिएका राजन सुवेदीले चुनाव चिन्ह लौरो पाएका छन् । उनी नेपाली कांग्रेसका लिखु गाउँपालिकाका वागी उमेदवार हुन् ।

सुवेदीले अध्यक्ष पदमा उमेदवारी दिएपछि कांग्रेस हराउ अभियानमा लागेका भन्दै नेपाली कांग्रेसले सुवेदीको उमेदवारी फिर्ता लिन लगाउनका लागि सक्दो प्रयास गरेका थिए । तर सुवेदीले आफ्नो अडानलाई कायम राख्दै अध्यक्ष पदवाट उमेदवारी फिर्ता लिएनन् । उनलाई निर्वाचन आयोगले अध्यक्ष पदको चुनाव चिन्ह लौरो दिएको छ ।

चुनाव चिन्ह पाएपछि स्वतन्त्र उमेदवार सुवेदीले चुनाव चिन्ह पाएपछि आफ्नो चुनावी प्रचार प्रसारलाई तिब्रता दिएका छन् । कांग्रेस पार्टीको लामो समयदेखी सदस्यता लिएर काम गरेको भएपनि पार्टीमा गरेको लगानीलाई पार्टीले वेवास्ता गरेकोले आफूले स्वतन्त्रवाट उमेदवारी दिन वाध्य भएको सुवेदीले बताएका छन् ।

कांग्रेसको वागी उमेदवार उठेसँगै कांग्रेसको तर्फवाट उमेदवारी बनेका लिखु गाउँपालिकाका अध्यक्ष अशोक कार्कीलाई चुनौती देखिएको छ । नेकपा एमालेका उमेदवार मिलन कुमार विष्ट दोहोरो नागरिकता बनाएको मुद्दामा तानिएपछि कांग्रेसका उमेदवार कार्कीले जित्ने आकलन गरिएको थियो ।

कांग्रेसको पनि बागी उमेदवार भएपछि नेकपा माओवादी केन्द्रका तर्फवाट उमेदवार बनेका एकिन्द्रराज कटवाल सुदिपको सम्भावना बढेर गएको स्थानीयले बताएका छन् । यद्यपी निर्णयलाई भने बैशाख ३० गते सम्म कुर्नुपर्ने नै छ ।