नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

सरकारले दियो भोली (मंगलबार) सार्वजनिक विदा

ओखलढुङ्गान्युज । १९ बैशाख, काठमाण्डौं । नेपाल सरकारले बैशाख २० गते सार्वजनिक विदा दिएको छ । सरकारले शोमबार एक सूचना प्रकाशित गरेर भोली (मंगलबार) सार्वजनिक विदा दिएको जनाएको हो ।

नेपाल सरकारले गत २०७८ फागुन २६ गते एक सूचना प्रकाशित गरेर ईश्लाम धर्मावलम्बीहरुको महान् पर्व ईदको अबसरमा सार्वजनिक विदा दिने मन्त्रिपरिषदको निर्णय राजपत्रमा सूचना प्रकाशित गरेको थियो । सोहि सूचनालाई आधार मानेर मंगलवार सार्वजनिक विदा दिने निर्णय भएको आज प्रकाशित सूचनामा उल्लेख छ ।