नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

लिखुमा स्वतन्त्र उमेद्वार तिमल्सिनाले लिए अध्यक्षको उमेदवारी फिर्ता

ओखलढुंगान्युज । १६ बैशाख, यसम । स्थानीय निर्वाचन २०७९ का लागि अध्यक्ष पदमा उमेदवारी दिएका लिखु गाउँपालिकाका लोकहरि तिमल्सिनाले आफ्नो उमेद्वारी फिर्ता लिएका छन् । तिमल्सिनाले स्वतन्त्रवाट पालिकाको अध्यक्ष पदमा उमेदवारी दर्ता गरेका थिए ।

स्वतन्त्रवाट उमेदवारी दिएका नेपाली कांग्रेसका बागी उमेदवार राजन सुवेदीले भने अध्यक्ष पदको उमेद्वारी फिर्ता लिएका छैनन् । अब लिखुमा एक जना स्वतन्त्र सहित गाउँपालिकाको अध्यक्षमा ७ जना उमेदवार रहेको लिखु गाउँपालिकाका निर्वाचन अधिकृत राजेश कुमार थापाले जानकारी दिनुभयो ।

अब लिखु गाउँपालिकामा कांग्रेसका अशोक कुमार कार्की, नेकपा माओवादी केन्द्रका एकिन्द्रराज कटवाल, नेकपा एमालेका मिलन कुमार विष्ट, नेकपा एकिकृत समाजवादीका नेत्र प्रसाद भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका जुद्धविर पौडेल, मंगोल नेशनल अर्गनाईजेशनका दावा शेर्पा र स्वतन्त्रवाट राजन सुवेदी चुनावी मैदानमा देखिएका छन् ।

त्यसैगरि गाउँपालिकाको उपाध्यक्षमा पनि सातै जना उमेद्वारहरु चुनावी मैदानमा देखिएका छन् । उपाध्यक्ष पदमा नेकपा एमालेबाट वागी उठेका शुभद्रा कटवालले उमेदवारी फिर्ता नलिएपछि उपाध्यक्ष पदमा पनि सात जनाको नै प्रतिष्पर्धा हुने भएको हो ।

अब लिखु गाउँपालिकाको उपाध्यक्ष पदमा लिखु गाउँपालिकावाट नेकपा माओवादी केन्द्रका विमला भट्टराई, नेपाली कांग्रेसवाट प्रेम कुमारी दाहाल, नेकपा एमाले बाट अस्मिता थापा, मंगोल नेशनल अर्गनाईजेशनवाट अस्मिता परियार, नेकपा एकिकृत समाजवादी पुर्ण कुमारी सुवेदी, विप्लव माओवादीका नेता बोझ बहादुर खत्री र एमालेकी बागी उमेद्वार शुभद्रा कटवाल चुनावी मैदानमा रहेका छन् ।

त्यस्तै आज लिखु गाउँपालिकाका १, २ र ८ का वडा अध्यक्षका स्वतन्त्र उमेदवारहरुले समेत उमेदवारी फिर्ता लिएका छन् । उमेदवार फिर्ता लिने वडा नं. १ का कांग्रेसका बागी र वडा नं. २ का एमालेका बागी उमेदवार हुन् । त्यस्तै एकजना एकिकृत समाजवादीका तर्फवाट वडा अध्यक्षमा उमेद्वारी दिएका उमेद्वार हुन् ।