नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

लिखुका एमालेका उमेदवार विष्ट विरुद्धको उजुर खारेज, उमेदवारी कायमै

ओखलढुङ्गान्युज । १६ बैशाख, यसम । जिल्लाको लिखु गाँउपालिकामा एमालेका उम्मेद्वार मिलन बिष्ट विरुद्ध परेको उजुरी निर्वाचन अधिकृतको कार्यालय यसमले खारेज गरेको छ । अध्यक्षका उमेदवार विष्ट विरुद्ध परेको उजुरीलाई खारेज गरेसँगै गाउँपालिकाको अध्यक्षमा विष्टले दिएको उमेद्वारी कायम गरेको छ ।

निर्वाचन आयोगको आचारसंहिता अनुसार सम्बन्धित पदको उमेदवारको विरुद्ध सोहि पदका प्रतिष्पर्धीले मात्र उजुरी गर्ने व्यबस्था छ । सोहि अनुसार एमालेका उमेद्वार विष्ट विरुद्ध नेपाली कांग्रेसका उमेद्वार अशोक कार्कीले उजुरी दिएका थिए । एमालेबाट अध्यक्ष पदका उमेदवार बनेका विष्टले दाहोरो नागरिकता लिएको र कर्जा सूचना केन्द्रमा उनको नाम कालोसुचीमा रहेको दावी गर्दै कांग्रेसका उमेदवार कार्कीले उजुरी दिएका थिए । 

कार्कीले दिएको उजुरी निर्वाचन आयोगले सत्य नठहरिएको भन्दै खारेज गरेको हो । विहिबार उजुरी उपर छानबिन र सोधपुछ गर्दा बिष्ट कसुरदार नठहरिएको र दोहोरो नागरिकता लिएको समेत यकिन गर्नसक्ने अवस्था नरहेकाले छानविनपछि कानुन अनुसार हुनेगरी हाललाई उम्मद्धारी कायम राखिएको लिखु गाउँपालिकाका निर्वाचन अधिकृत राजेश कुमार थापाले बताए ।

अध्यक्षका उमेदवार विष्टसँगै लिखुमा एमालेवाट उमेदवारी दिएका अन्य दुई जना वडा अध्यक्ष र वडा सदस्य विरुद्ध परेका उजुरी पनि निर्वाचन अधिकृतको कार्यालयले खारेज छ । उजुरीका बारेमा समयमा नै आवश्यक कागजात सहित सफाई पेश गरेकोले उनीहरुको उमेदवारी कायम रहने गरि निर्णय गरिएको निर्वाचन अधिकृत थापाले जानकारी दिए ।