नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

चम्पादेवी गाउँपालिका अध्यक्षमा माओवादीका झलक र उपाध्यक्षमा आशा

ओखलढुङ्गान्युज । १५ बैशाख, ओखलढुङ्गा । स्थानीय तहको निर्वाचन २०७९ मा गठबन्धन बनाएर चुनाव लड्ने निश्चित भएको चम्पादेवी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले दुवै पदमा आफ्नो उमेद्वार उठाएको छ । माओवादी केन्द्रले चम्पादेवी गाउँपालिकामा अध्यक्षमा झलक तामाङ र उपाध्यक्षमा आशा राईलाई उमेदवार बनाएको छ ।

जिल्लामा अन्य दल विच गठबन्धन नबनाएपनि चम्पादेवीमा माओवादी केन्द्र र कांग्रेसका बिचमा गठबन्धन बनाएर चुनावी मैदानमा जाने सहमती भएको थियो । तर उमेदवारी दिने अन्तिम समयसम्म उक्त उहमती टिक्न नसक्दा माओवादी केन्द्रले पालिकाको अध्यक्ष उपाध्यक्षमा छुट्टाछुट्टै उमेदवारी दिएको हो ।

माओवादी केन्द्रले छुट्टै आफ्ना उमेदवारहरु तय गरेपछि माओवादी केन्द्र अहिले मतदाता भेटघाटमा लागेको छ । माओवादी केन्द्रका चम्पादेवी गाउँपालिकाका अध्यक्ष नेकपा एमालेमा प्रबेश गरेर पार्टीको तर्फवाट गाउँ पालिकाको टिकट पाएका छन् । आफ्नै पुराना पार्टी नेता एमालेवाट पालिकाको अध्यक्ष पदमा उठेपछि चम्पादेवीमा माओवादी केन्द्रलाई चुनौती थपिएको छ ।