नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

उदयपुरमा चट्याङ सगै खस्यो आगोको मुस्लो, ११ लाख बढिको क्षति

ओखलढुङ्गान्युज । १४ बैशाख, उदयपुर । जिल्लाको ताप्ली गाउँपालिकामा चट्याङसँगै आगोको मु्स्लो खसेको छ । मंगलबार बेलुकी ताप्ली गाउँपालिकाको वडा नं. १ पिपल भञ्ज्याङ्गमा चट्याङ्गसहितको आगोको मुस्लो झर्दा करिव ११ लाख बराबरको क्षति भएको छ।

मंगलबार बेलुकी करिव ५ बजेको समयमा अकस्मात आकाशबाट आगोसहितको चट्याङ्ग पर्दा स्थानीय टंकबहादुर हमालको एक घर र अर्जुन सुनुवारको एक हल गोरु र एक गाई मरेका छन् । आगालागीबाट हमालको घरका सबै समान अन्नपात, लत्ताकपडा, नगद र चाँदी गरी १० लाख भन्दा बढिको क्षति भएको स्थानीयले बताएका छन् ।

त्यसैगरि आगोले जलेर सुनवारको ५० हजार बराबरको क्षति भएको तथा अकस्मात आगलागी भएका कारण घरबाट कुनै धनमाल निकाल्न नसकिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।