नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

लिखुमा एकल चुनावी मैदानमा माओवादी केन्द्र, अध्यक्ष/उपाध्यक्षमा एकिन्द्र र विमला

ओखलढुङ्गान्युज । १४ बैशाख, ओखलढुङ्गा । गठबन्धन बन्ने हल्ला कै बिच लिखु गाउँपालिकामा पनि माओवादी केन्द्रले एकल उमेदवारी दिएको छ । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका विच ओखलढुङ्गामा चुनावी तालमेल हुदै गर्दा लिखुमा गठबन्धनका दल छुट्टाछुट्टै चुनावी मैदानमा भिड्न लागेका हुन् ।

यसै क्रममा नेकपा माओवादी केन्द्रका तर्फवाट गाउँपालिकाका अध्यक्षमा एकिन्द्रराज कटवाल सुदिप र उपाध्यक्षमा विमला भट्टराई गौतमले उमेदवारी दिएका छन् । जिल्लामा मओवादी केन्द्र र कांग्रेसका विच गठबन्धन बनाएर चुनावमा जाने सहमती गर्दैगर्दा लिखुमा भने दुवै दलको दावीका कारण सहमती हुन सकेको थिएन ।

गठबन्धन दल बिच सहमती हुन नसकेपछि लिखु गाउँपालिकामा पनि माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादीले छुट्टाछुट्टै उमेदवारी दर्ता गरेका छन् ।