नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

खिजिदेम्बामा माओवादीको एकल उमेदवारी, अध्यक्षमा तामाङ र उपाध्यक्षमा शेर्पा

ओखलढुङ्गान्युज । १४ बैशाख, ओखलढुङ्गा । खिजिदेम्बा गाउँपालिकामा गाउँपालिकाको दुवै पदमा माओवादी केन्द्रले उमेदवारी दिएको छ । गठबन्धनका बिचमा उमेदवारी तय गर्ने बताईए पनि सहमती हुन नसक्दा पालिकाको दुवै पदमा माओवादी केन्द्रले उमेदवार उठाएको हो ।

जस अन्तर्गत गाउँपालिकाका अध्यक्षमा चन्द्रमान तामाङ र उपाध्यक्षमा पासाङल्हामु शेर्पाले उमेदवारी दिएका हुन् । गठबन्धन बनाएर चुनावमा जान केन्द्रदेखि नै पाँच दलका बिचमा सहमती भएपनि ओखलढुङ्गाका अधिकांश स्थानीय तहमा गठबन्धनका बिच सहमती हुन सकेको छैन ।

खिजिदेम्बा गाउँपालिकामा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै उमेदवारी दर्ता गराएका हुन् ।