नेपाली समय Loading...२०८१ जेष्ठ ३ बिहीबार

ओखलढुङ्गा स्थानीय तहमा १२ सय ७९ को उमेदवारी, कुनमा कति ?

ओखलढुङ्गान्युज १३ बैशाख, ओखलढुङ्गा स्थानीय तहको निर्वाचन कार्यक्रम अन्तर्गत शोमबार उमेदवारी मनोनयन दर्ताको काम सकिएको छ । उमेदवारी मनोनयन दर्ता अन्तर्गत ओखलढुङ्गाका स्थानीय तहहरुमा १ हजार २ सय ७९ जनाले पालिकाको विभिन्न पदहरुमा उमेदवारी दिएका छन् ।

निर्वाचन कार्यतालिका अन्तर्गत मंगलबार अबेर राति सम्म उक्त संख्यामा उमेदवारहरुको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाका प्रमुख प्रेम प्रसाद न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार सबैभन्दा बढि १२ ओटा वडा रहेको सिद्धिचरण नगरपालिकामा मेयरमा ६, उपमेयरमा ७, वडा अध्यक्षमा ४८ र सदस्यहरु गरि १ सय ९४ जनाको उमेदवारी दर्ता भएको छ ।

गाउँपालिकाहरु मध्ये सबैभन्दा बढि लिखु गाउँपालिकामा उमेदवारी दर्ता भएको छ । लिखु गाउँपालिकाको अध्यक्षमा ८, उपाध्यक्षमा ७, वडा अध्यक्षमा ४१ र सदस्य गरेर १ सय ७९ जनाले उमेदवारी दिएका छ ।

त्यसैगरि पालिका अध्यक्ष र उपाध्यक्षमा ५/५ जनाले, वडा अध्यक्षमा ३६ र सदस्यहरु गरि जम्मा १ सय ७३ जनाले उमेदवारी दिएका छन् । चम्पादेवी गाउँपालिकामा अध्यक्षमा ६, उपाध्यक्षमा ५, वडा अध्यक्षमा ३४ र सदस्यहरु गरि १४७ जनाको उमेदवारी परेको छ ।

उता चिशंखुगढी गाउँपालिकामा पनि अध्यक्षमा ५, उपाध्यक्षमा ४, वडा अध्यक्षमा २५ र सदस्यहरु सहित १३२ जनाले उमेदवारी दिएका छन् । मानेभञ्ज्याङ्ग गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षमा ४/४ जना, वडा अध्यक्षमा ३३ र सदस्यहरु सहित १५७ जना, मोलुङमा अध्यक्षमा ६, उापध्यक्षमा ५, वडा अध्यक्षमा ३४ र सदस्यहरु गरि १४५ तथा सुनकोसी गाउँपालिकामा अध्यक्षमा ५, उपाध्यक्षमा ७, वडा अध्यक्षमा ३८ र सदस्यहरु गरि १५२ जनाले उमेदवारी दिनएको जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

उमेदवारी दिएकाहरुको विरुद्धमा दावी विरोध तथा उमेदवारी फिर्ताको समय बैशाख १६ सम्मलाई निर्वाचन आयोगले तोकेको छ । धेरै भिड हुने समस्याका कारण उमेदवार मनोनयनका लागि निर्वाचन आयोगले दुईदिनको समय छुट्टयाएको भएपनि राजनीतिक दलले ढिलाई गरिदिँदा दोश्रो दिनको मध्यरातसम्म उमेदवारी मनोनयन दर्ता काम भएको थियो ।