नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गामा बाबु–छोरी पालिका प्रमुख र उपप्रमुखको उमेदवार

ओखलढुङ्गान्युज १३ बैशाख, ओखलढुङ्गा ओखलढुङ्गामा स्थानीय तहको निर्वाचन २०७९ का लागि बाबु–छोरीले पालिकाको प्रमुख र उपप्रमुख पदमा उमेदवारी दर्ता गराएका छन् । सिद्धिचरण नगरपालिकाको मेयरमा शेर बहादु खत्री र उपमेयर शारदा खत्री कटवालले उमेदवारी दर्ता गराएका हुन । उनीहरु बाबु–छोरी हुन् ।

अन्य राजनीतिक दलमा उमेदवार वन्न धेरै जनाको दावी रहिरहेको बेला ओखलढुङ्गामा भने यस्तो भएको हो । उनीहरु दुवैले मनोनयन दर्ताको पहिलो दिन अर्थात आईतवार राष्ट्रिय जनमोर्चाको तर्फवाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गरेका हुन् ।

केन्द्रमा पाँचदलिय गठबन्धन भएपनि ओखलढुङ्गामा राष्ट्रिय जनमोर्चा एक्लैले उमेदवारी दर्ता गराएको हो । नगरपालिकाको प्रमुख र उपप्रमुख बाहेक केहि वडा र जिल्लाका अन्य केहि स्थानीय तहहरुमा समेत उमेदवारी दिएको जनाएको छ ।