नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

लिखुमा एक्ला एक्लै चुनाव भिड्दै गठबन्धन, को को छन् उमेदवार ?

ओखलढुङ्गान्युज । १२ बैशाख, यसम । स्थानीय तहको निर्वाचन २०७९ नजिकिदै गर्दा जिल्लाको लिखु गाउँपालिकामा पाँच दलिय गठबन्धन नहुने भएको छ । केन्द्र देखि नै गठबन्धन गरेर चुनावमा जान दवाव आएपनि लिखु गाउँपालिकामा भने गठबन्धन विना नै पार्टीका नेताहरु चुनावी मैदानमा छिरेका छन् ।

स्थानीय तहको निर्वाचनका लागि दोश्रो दिनको उमेदवारी मनोनयन सकिदा लिखु गाउँपालिकामा गठबन्धनका तर्फवाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीको तर्फवाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा उमेदवारी मनोनयन दर्ता भएको छ । नेपाली कांग्रेसको तर्फवाट अध्यक्षमा अशोक कुमार कार्की र उपाध्यक्षमा पार्वती भट्टराईले उमेदवारी दर्ता गराएका छन् ।

त्यस्तै गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रको तर्फवाट पनि पालिकाको अध्यक्षमा एकिन्द्र राज कटवाल सुदिप र उपाध्यक्षमा विमला भट्टराई गौतमले उमेदवारी दर्ता गरेका छन् । उता नेकपा एकिकृत समाजवादीको तर्फवाट भने अध्यक्षमा नेत्र प्रसाद भट्टराई र उपाध्यक्षमा पूर्ण कुमारी बुढाथोकी खत्रीले उमेदवारी दिएका छन् ।

गठवन्धनमा रहेका दल बाहेक पालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा एमाले, मंगोल नेशनल अर्गनाईजेशन र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उमेदवारी दिएका छन् । त्यस्तै पालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा २/२ जनाले स्वतन्त्र उमेदवारी दिएको लिखु गाउँपालिकाका निर्वाचन अधिकृत राजेश कुमार थापाले जानकारी दिनुभयो ।