नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

सिद्धिचरण नगरपालिकाको मेयरमा सिताराम गुरुङले दिए स्वतन्त्र उम्मेदवारी

ओखलढुङ्गान्युज । १२ बैशाख, ओखलढुङ्गा । एमालेका जिल्ला नेता सिताराम गुरुङले सिद्धिचरण नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । आफ्ना शुभचिन्तक सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर गुरुङले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

उमेदवार दर्ता गराएपछि प्रतिक्रिया दिदै गुरुङले आफु लामो समय देखी नेकपा एमाले पार्टीबाट राजनीति गरेपनि पार्टीले जहिले पनि सिन्डिकेट लगाएकोले आफुले नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएको बताए । पार्टीको कार्यकर्ताहरु अब सचेत भैसकेकोले सधै पार्टीको सिन्डिकेट सहेर नबस्ने पनि गुरुङले बताए।

नगरपालिकाको मेयरमा आफुले जितेमा नगरपालिकाको विकासको लागि छुट्टै योजना तयार गरेको बताए । आफु निर्वाचित भएमा आफ्नो कार्यकालमा आफुलाई कुनै भ्रष्टाचार गरेको भन्ने आरोप लागेमा जनताको अगाडी फासिमा चढ्न तयारी रहेको समेत गुरुङले बताए ।