नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

प्रदेशको निर्णय उल्ट्याएको भन्दै मोलुङमा एमाले कार्यकर्ताको असन्तुष्टि

ओखलढुङ्गान्युज १२ बैशाख, ओखलढुङ्गा स्थानीय तहका उमेदवारहरुको सिफारिसमा केहि नेताको सिमित स्वार्थका कारण प्रदेशको निर्णय उल्ट्याएको भन्दै मोलुङमा एमाले कार्यकर्ताहरुले असन्तुष्टि जनाएका छन् । जिल्लाले गरेको सिफारिसमा प्रदेशले निर्णग गरिसकेपछि रातारात केन्द्रवाट निर्णय उल्ट्याएर पार्टीको टिकट दिएको भन्दै कार्यकर्ताहरुले असन्तुष्टि जनाएका हुन् ।

एमालेको तर्फवाट मोलुङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदका लागि जिल्लावाट झण्डै एक दर्जनको नाम जिल्लाले प्रदेशमा सिफारिस गरेको थियो । प्रदेशले उक्त सिफारिसमा अध्ययन गर्दै अध्यक्षमा सञ्जय खत्री र उाध्यक्षमा अनिता राईलाई सिफारिस गरेको थियो । तर शनिवार राति केन्द्रले उनीहरु दुवैजनाको नाम परिवर्तन गर्दै गाउँपालिकाको अध्यक्षमा उत्तम राई र उपाध्यक्षमा उर्मिला खतिवडालाई सिफारिस गरेको थियो ।

मोलुङ गाउँपालिकामा पालिका अध्यक्ष उपाध्यक्ष देखी वडाका अध्यक्षको टिकट सम्म नेताहरुको स्वार्थमा नजिककाले पाएको भन्दै असन्तुष्टि बढेको छ । स्थानीय भूगोलमा बसेर राजनीति गर्ने र नागरिकहरुमा लोकप्रिय रहेकालाई पार्टीले टिकट नदिएको उनीहरुको आरोप छ । पार्टीका नेताहरुको व्यबहारका कारण आफूहरुको जित सूनिश्चित रहदा रहदै पनि मोलुङमा धक्का लाग्न सक्ने पार्टीका एक जिम्मेवार नेताले बताए ।