नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

पहिलो दिन लिखुमा अध्यक्ष र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता

ओखलढुङ्गान्युज ११ बैशाख, यसम लिखु गाउँपालिकामा आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा स्वतन्त्र उमेद्वारी मनोनयन दर्ता भएको छ । आईतवार गाउँपालिकाको अध्यक्षमा राजन सुवेदी र उपाध्यक्षमा शुभद्रा कटवालले स्वतन्त्रवाट उमेद्वारी दर्ता गराएका हुन् ।

स्वतन्त्रवाट गाउँपालिकाको अध्यक्ष पदमा उमेदवारी दिएका राजन सुवेदी नेपाली कांग्रेसका जिल्ला नेता हुन् । सुवेदीले कांग्रेसको १४औं जिल्ला अधिवेशनमा भएको महाधिबेशन प्रतिनिधीको पदमा थोरै मतले चुनाव हारेका थिए । त्यस्तै स्वतन्त्रवाट गाउँपालिकाको उपाध्यक्ष पदमा उमेदवारी दिएका शुभद्रा कटवाल भने नेकपा एमाले लिखु गाउँपालिका कमिटिका निर्वाचित उपाध्यक्ष हुन् । आजैका मितिवाट नेकपा एमालेको कुनै पनि पदमा नरहने गरि अध्यक्षलाई राजिनामा दिएर पालिकाको उपाध्यक्ष पदमा उमेदवारी दिएको कटवालले बताईन् ।

लामो समयसम्म लगानी गरेको पार्टीले स्थानीय तहको निर्वाचनमा जनताले चाहेका मान्छे नभई पैसा, बल र शक्तिका आधारमा राजनिती गर्दै आएकालाई टिकट दिएकोले स्वतन्त्रवाट पालिकाको अध्यक्ष तथा उपाध्यक्ष पदमा उमेदवारी दिएको दुवैजनाको भनाई छ । पार्टीको सिमित मान्छेको घेरामा रहेर फुर्ति र घमण्ड गर्ने नेताहरुलाई पाठ सिकाउन आफूहरुको स्वतन्त्रवाट उमेदवारी रहेको उपाध्यक्ष पदमा उमेदवारी दिएकी कटवालले बताईन् ।

स्वतन्त्र उमेदवारसँगै आईतवार लिखु गाउँपालिकामा अध्यक्षमा दुईजना, उपाध्यक्षमा २ जना, वडा अध्यक्षमा ३ जना र वडा सदस्यमा ३ जना गरि १० जनाले उमेदवारी दर्ता गराएका छन् । एमालेको तर्फवाट समेत आईतवार नै उमेदवारी दर्ता भएको भएपनि कांग्रेस, माओवादी र एकिकृत समाजवादी विच भैरहेको गठबन्धन बीचको छलफलका कारण शोमबार मात्र उमेदवारी दर्ता गर्ने तयारी गरेका छन् ।