नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

ओखलढुङ्गामा एमालेले टुङ्गो लगायो स्थानीय तहका प्रमुख उपप्रमुख, क–कसले पाए टिकट ?

ओखलढुङ्गान्युज । ११ बैशाख, ओखलढुङ्गा । स्थानीय तहको निर्वाचन २०७९ नजिकिदै गर्दा ओखलढुङ्गामा नेकपा एमालेले जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको नाम टुङ्गो लगाएको छ । स्थानीय तहको निर्वाचनका लागि गाउँ/नगर पालिकाका प्रमुख उपप्रमुखको नाम टुङ्गो लगाउदै गर्दा पहिलो पटक सिद्धिचरण नगरपालिकाको प्रमुख महिलालाई सिफारिस गरेको छ ।

एमालेले पालिका प्रमुख उपप्रमुखमा केही स्थानीय तहमा सर्वसम्मत गरेको भएपनि केहि स्थानीय तहको नाम टुङ्गो लगाउन निकै सकस परेको थियो । पालिकाको उम्मेदवार सिफारिस गर्ने सन्दर्भमा सबैभन्दा किचलो भने चिशंखुगढी र मोलुङमा भएको एमाले ओखलढुङ्गाका एक सचिवालय सदस्यले जानकारी दिए । स्थानीय तहमा जनताको चाहना अनुसारको उम्मेदवारलाई पार्टीले टिकट नदिएको भन्दै केहि स्थानीय तहका एमाले कार्यकर्ताहरुले भने असन्तुष्टि जनाएका छन् ।

केहि स्थानीय तहको उम्मेदवार टुङ्गो लगाउन समस्या परेपछि जिल्ला पार्टीले प्रदेश कार्यालय र केन्द्रिय कार्यालयमा सिफारिस पठाएको र सोहि अनुसार केन्द्रिय कार्यालयले निर्णय गरेर उम्मेदवारको टिकट पठाएको नेकपा एमाले ओखलढुङ्गाका सचिव कमल प्रसाद न्यौपानेले जानकारी दिए । सचिव न्यौपानेका अनुसार मानेभञ्ज्याङ र चम्पादेवी गाउँपालिकाका केहि वडा बाहेक सबै वडाका वडा अध्यक्ष तथा वडा सदस्यहरुको समेत नाम टुङ्गो लगाएको छ । अधिकांस स्थानीय तहमा आज नै उम्मेदवारी मनोनयन दर्ता गरिने सचिव न्यौपानेले जानकारी दिए ।

कसले पाए टिकट ?