नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

सिद्धिचरण नगरपालिकाको प्रमुखमा एमालेवाट ईच्छा गुरुङ सिफारिस

ओखलढुङ्गान्युज ११ बैशाख, ओखलढुङ्गा नेकपा एमालेले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा ईच्छा कुमारी गुरुङलाई सिफारिस गरेको छ । एमालेले पहिलो पटक ओखलढुङ्गाको स्थानीय तहमा महिला उम्मेदवारलाई सिफारिस गरेको हो ।

गुरुङलाई नगरपालिकाको प्रमुखमा सिफारिस गरेसँगै उपप्रमुखमा भने केदारबाबु बस्नेतले अबसर पाएका छन् । सिद्धिचरण नगरपालिकाको प्रमुखका लागि एमालेवाट झण्डै आधा दर्जन बढीले दावी गरेपनि अन्तिममा भने गुरुङलाई पार्टीले टिकट दिएको छ ।

नगरपालिकाका मेयर पदको उम्मेदवारमा सिफारिस भएका गुरुङ स्थानीय तह २०७४ मा एमालेवाट नै नगरपालिकाको उपमेयरमा निर्वाचित भएक थिईन । त्यस्तै उपमेयरमा सिफारिस भएका बस्नेत सिद्धिचरण नगरपालिका वडा नं. १ का वडा अध्यक्ष हुन् ।