नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

ओखलढुङ्गामा बाहिरियो गठवन्धनवाट जसपा र एकिकृत समाजवादी

ओखलढुङ्गान्युज १० बैशाख, ओखलढुङ्गा स्थानीय तहको निर्वाचन २०७९ नजिकिदै गर्दा जनता समाजवादी पार्टी ओखलढुङ्गामा गठबन्धनवाट बाहिरीएको छ । गठबन्धनमा छलफलको क्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गद्धारी गरेको भन्दै संयुक्त गठबन्धनवाट बाहिरीएको विज्ञप्ती मार्फत जानकारी गराएको हो ।

जनता समाजवादी पार्टी नेपाल ओखलढुङ्गाका अध्यक्ष खेमराज खड्का द्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘ गठवन्धनका बीच चैत्र पहिलो साता देखी निरन्तर भैरहेको छलफल करिब १ महिना चले पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बलमिच्याई गर्दै जिम्मेवार पार्टीले हरुले गैरजिम्मेवारी देखाउदै दुई पार्टीका बीच अप्राकृतिक गठवन्धन सँगै भागबण्डा गरि जसपालाई चुनावी अस्त्रको रुपमा प्रयोग गर्ने चेष्टा गरिएकोले त्यसको घोर विरोध गर्दै आगामी स्थानीय निर्वाचनमा जसपा नेपाल एक्लै स्थानीय तहको निर्वाचनमा आफ्नो तर्फवाट उम्मेदवारी दिई मित्रवत रुपमा चुनावी प्रतिष्पर्धामा जाने निर्णय गरेको छ ।’

उता नेपाली कांग्रेस र माओवादी केन्द्रको भागबण्डाको बारेमा आफूहरुको पनि असहमती रहेको भन्दै मित्रवत रुपमा चुनावी प्रतिष्पर्धामा जाने तयारी थालेको नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य नेत्र प्रसाद भट्टराईले बताए । नेता भट्टराईले भने, ‘गठबन्धन आजको आवश्यकता हो । तर कांग्रेस र माओवादीले बलमिच्याई गरे । हामीले जे गर्दा पनि हुन्छ भन्ने घमण्ड गरे । केन्द्रको गठबन्धनको मर्मलाई आत्मासात गर्दै ओखलढुङ्गामा भने मित्रवत रुपमा चुनावी प्रतिष्पर्धामा जाने तयारीका साथ लागेका छौं । यद्धपी छलफलका लागि बाटो खुला राखेका छौं ।’

दुई पार्टीका नेताहरुको यस्तो भनाईले ओखलढुङ्गामा अब गठबन्धन दुई पार्टीका बिच मात्र रहने देखिएको छ । दुई पार्टीका शीर्ष नेतृत्वहरुले जिल्लामा छलफल पश्चात सहमती गरेको निर्णय सार्वजनिक गरेपनि माओवादी केन्द्रको स्थानीय तहका कार्यकर्ताहरुले असन्तुष्टि जनाएका छन् । आफूहरुको कुरालाई जिल्ला पार्टी नेतृत्वले वास्ता नगरेमा स्थानीय वडा तथा पालिकाहरुमा स्वतन्त्र उम्मेदवारी दिने चेतावनी दिएका छन् ।