नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

चुनावमा उठ्न ओखलढुङ्गामा २० शिक्षकले दिए राजिनामा

ओखलढुङ्गान्युज बैशाख, ओखलढुङ्गा ओखलढुङ्गामा स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै २० जना शिक्षकले राजिनामा दिएका छन् । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै जिल्लाका विभिन्न विद्यालयका शिक्षकहरुले राजिनामा दिएका हुन् ।

शिक्षकहरुले राजिनामा दिएपनि स्थानीय तहको उम्मेदवार नै बन्नका लागि भनेर स्पष्ट भने नभएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नेत्रप्रसाद गजुरेलले जानकारी दिए । ईकाई प्रमुख गजुरेलका अनुसार शुक्रबार सम्म २० जना शिक्षकको राजिनामा स्विकृत भएको हो । राजिनामा दिएर स्विकृत भएकाहरुमा देवी आधारभुत विद्यालय मानेभञ्ज्याङका शिक्षक रामचन्द्र महतो, सरस्वती आधारभुत विद्यालय रावादोलुका रामबहादुर बस्नेत, कालिका आधारभुत विद्यालय आहालेका शिक्षक चन्द्र कटुवाल, जेसे मावि जेसे पात्लेका गुन्जबहादुर सुनुवार, बालज्योती मावि चित्रेका मधुकरप्रसाद चौधरी, जन्तरखानी माध्यमिक विद्यालय जन्तरखानीका प्रधानाध्यापक मेखबहादुर मगर रहेका छन् ।

त्यस्तै हिमगंगा मावि रावादोलुका शिक्षक डिल्लीराम बस्नेत, तिलक विश्वकर्मा र टोपबहादुर बस्नेत लगायत हर्कपुर माध्यमिक विद्यालय मानेभञ्ज्याङका गोविन्दप्रसाद अधिकारी, कालिका आधारभुत विद्यालय चुहानछापका शिक्षक जय कुमार कार्की, कालिका आधारभुत विद्यालयका भालुथुम्काका शिक्षक युवराज घिमिरेको पनि राजिनामा स्वीकृत भएको शिक्षा ईकाई प्रमुख गजुरेलले जानकारी दिए ।

त्यसैगरि सोडान्तर आधारभुत विद्यालय मानेभञ्ज्याङका होमप्रसाद दाहाल, भुमेथान आधारभुत विद्यालयका शिक्षक तोयानाथ काफ्ले, चन्चला आधारभुत विद्यालय खोदम्पाका शिक्षक बालकुमार खड्का र जन्तरखानी मावि जन्तरखानीका शिक्षक शंखवीर राईले पनि शिक्षण पेशा छोडेर राजिनामा दिएका छन् । शिक्षा ईकाई कार्यालयका अनुसार राजीनामा दिने अधिकांश शिक्षकहरुको पेन्सन भएर पनि विद्यालयमा निरन्तर सेवा गर्दै आएका थिए । राजीनामा दिने पाँच शिक्षकले भने अनिवार्य अवकाश पाउन लागेका थिए ।