नेपाली समय Loading...२०८१ जेष्ठ ३ बिहीबार

उम्मेदवार वन्न वहालवाला जनप्रतिनिधीले राजिनामा दिनुपर्ने

ओखलढुङ्गान्युज । ७ बैशाख, काठमाण्डौं । स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बन्ने वहालवाला जनप्रतिनिधीले पहिले राजिनामा दिनुपर्ने भएको छ । बहालवाला जनप्रतिनिधीले राजिनामा नदिई उम्मेदवारी दिन नपाउने मंगलबार सर्वोच्च अदालतले फैसला गरेको हो ।

निर्वाचन आयोगको आचारसंहिता विरुद्ध परेको रिट माथि सुनुवाई गर्दै सर्बोच्च अदालतले यस्तो फैसला गरेको हो । आयोगको आचार संहिता विरुद्ध सिन्धुपाल्चोक गाउँपालिकाका अध्यक्ष ग्याल्जेन शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । रिट निवेदन माथि सुनुवाई गर्दै सर्बोच्च अदालतले यस्तो फैसला गरेको हो ।

फैसला सँगै गाउँपालिका अध्यक्ष शेर्पाले हालेको रिटलाई समेत अदालतले खारेज गरिदिएको छ । अध्यक्ष शेर्पाले निर्वाचन आयोगले पालिका चुनावमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने गरी आचारसंहिता जारी गरेको भन्दै त्यसको विरुद्धमा रिट निवेदन दिएका थिए । तर न्यायाधीशहरू तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिट खारेज गरिदिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।