नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

लिखुमा एमालेका २७ जना नेकपा एसमा प्रवेश

ओखलढुङ्गान्युज  ५ बैशाख, लिखु नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) मा लिखु गाउँपालिकाका २७ जना एमालेका कार्यकर्ताहरुले पार्टी प्रवेश गरेका छन् । शनिवार लिखु गाउँपालिकामा भएको पालिका स्तरिय जनसभामा एमाले पार्टी छाडेर उनीहरुले एकिकृत समाजवादीमा पार्टी प्रवेश गरेका हुन् ।

शनिवार भएको पालिका स्तरिय जनसभाले लिखु पालिका कमिटि समेत घोषणा गरेको नेकपा एस का जिल्ला कमिटी उपसचिव कमल खड्काले जानकारी दिए । कार्यक्रममा पालिकाका ९ वटै वडाका २ सय भन्दा बढि अगुवा कार्यकर्ता तथा समर्थक सहभागी भएको उपसचिव खड्काले बताए ।

कार्यक्रम मार्फत रन्त बहादुर बम्जनको अध्यक्षतामा १५ सदस्यीय पालिका कमिटी घोषणा गरिएको छ । बम्जनको अध्यक्षतामा निर्माण भएको कमिटीको उपाध्यक्षमा रमेश घिमिरे, सचिव  पूर्णकुमारी सुवेदी, सह सचिव राजन वस्नेत लगायत रहेका छन् । नयाँ कमिटीले निर्वाचनको तयारी तथा संगठन विस्तारको कामको बारेमा समेत योजना निर्माण गरेको उपसचिव खड्काले बताए ।

जनसभामा पोकलीबाट नेकपा एमालेका २७ जना कार्यकर्ताहरु नेकपा एसमा प्रवेश गरेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज नेत्र भट्टराईले स्वागत गरे । कार्यक्रमको अध्यक्षता जिल्ला उपाध्यक्ष मावर सुनुवारले गरेका थिए भने सञ्चालन जिल्ला उप सचिव रामकुमार सुवेदीले गरेका थिए ।