नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

निर्वाचनमा गठबन्धन सम्मानजनक उपस्थितीका आधारमा हुन्छ ः प्रदेश ईञ्चार्ज बस्नेत

ओखलढुङ्गान्युज । २ बैशाख, ओखलढुङ्गा । नेकपा एकिकृत समाजवादीका केन्द्रीय कमिटी उपाध्यक्ष तथा प्रदेश नं १ का ईञ्चार्ज घनेन्द्र वस्नेतले निर्वाचनमा हुने गठबन्धन सम्मानजनक उपस्थितिका आधारमा हुने बताएका छन् । ओखलढुंगाका नेता कार्यकर्ताहरुलाई नयाँ वर्षको पहिलो दिन सम्बोधन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।

निर्वाचन हुने गठबन्धन संस्कृति नेपालमा नौलो अभ्यास भएकाले यसलाई संख्याका हिसाबमा हेर्न नहुने नेता वस्नेतको भनाइ छ । अहिलेको गठबन्धन संविधान र गणतन्त्र रक्षाका लागि भएकाले कस्को कति मतदाता छन् भन्ने कुरा मात्रै प्रधान नहुने बताए ।

जिल्लाको राजनीतिक अवस्था र निर्वाचन परिचालनको तयारी बारे छलफल गर्न र नेता कार्यकर्ताहरुसँग नयाँ बर्ष २०७९ को शुभकामना साटासाट गर्न पोलिटव्यूरो सदस्य धर्मराज निरौलासहित ओखलढुङ्गा आएका बस्नेतले गठनबन्धन बचाएर प्रगतिशिल शक्तिले देशको नेतृत्व गर्ने वातावरण तयार गर्न पनि सम्मानजनक सिट बाँडफाँट हुनुपर्ने वस्नेतले जोड दिए ।

त्यस्तै पोलिटव्युरो सदस्य धर्मराज निरौलाले पार्टीको सांगठनिक अवस्था र जिल्लाको वस्तुगत आवश्यकताका आधारमा दलहरुबीच सहकार्य र गठबन्धन गर्नु उपयुक्त हुने सुझाव दिएका छन् । नेताहरुले जिल्लाको वस्तुगत तथा सांगठानिक रिपोर्ट बुझ्दै उच्च मनोवलका साथ निर्वाचनमा होमिन निर्देशन दिएका छन् ।

जिल्ला अध्यक्ष हंशराज वाग्लेले जिल्ला पार्टीको राजनीतिक तथा सांगठानिक अवस्थाबारे नेताहरुलाई जानकारी गराउँदै गठनबन्धन गर्दा जिल्लाका २७ वडा र २ पालिकामा पार्टीको दावी रहने सांगठानिक अवस्था रहेको बताएका थिए । जिल्लाको गठनबन्धनको प्रगतिबारे बताउँदै वाग्लेले एकिकृत समाजवादीले कम्तिमा १८ वडा, २ उपप्रमुख र २ प्रमुख नपाए चुनावी रणनीति फरक हुने र त्यसका लागि आन्तरिक तयारी रहेको समेत बताएका छन् ।

गठबन्धन भएमा यसमा केही तलमाथि हुन सक्ने भएपनि मुद्दा र राष्ट्रिय शक्तिका हिसाबले एकिकृत समाजवादी अहिले गठबन्धनको प्रमुख पार्टी रहेको बताए ।