नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

लडेर ओखलढुङ्गामा एक बृद्धको मृत्यु

ओखलढुङ्गान्युज बैशाख, ओखलढुङ्गा शुक्रबार ओखलढुङ्गामा सडकवाट लडेर एकजना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका वडा नं. ८ सल्लेरीका ८९ वर्षिय बृद्ध बलराम तामाङ रहेका छन् ।

छिमेकीले गाउँको नजिकै चम्पादेवी मन्दिरमा लगाएको पूजा हेर्न र प्रसाद खान भन्दै पूजा लगाएको मन्दिरमा पुगेका थिए । पूजा लगाएको हेर्दै सडकको छेउमा बृद्ध तामाङ बसेका थिए । सडक छेउमा बसेका बृद्ध तामाङ एक्कासी सडक वाट तल लडेका थिए ।

सडकवाट भिर तर्फ लडेका तामाङलाई उपचारको लागि सामुदायीक अस्पताल सोब्रु ल्याईएको थियो । उपचारका लागि अस्पताल ल्याईदै गर्दा तामाङको बाटामा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायव उपरीक्षक सुकदेव खनालले जानकारी दिए ।