नेपाली समय Loading...२०८१ जेष्ठ ४ शुक्रबार

उद्योग बाणिज्य संघका अध्यक्ष मास्के प्रबल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा विभूषित

ओखलढुङ्गान्युज । १ बैशाख, काठमाण्डौं । नयाँ वर्षको अबसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तिलाई  विभिन्न मानपदवी एवं विभूषण प्रदान गर्नु भएको छ । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित सुशोभन समारोहमा राष्ट्रपति भण्डारीले सम्मान स्वरूप विभूषण एवम् मानपदवी प्रदान गर्नुभएको हो ।

सरकारले ख्याति प्राप्त व्यक्तिलाई सम्मान स्वरूप संविधान दिवस–२०७८ का दिन उक्त मानपदवी एवं विभूषणको घोषणा गरेको थियो । सोहि घोषणा अनुसार विहिबार उद्योग बाणिज्य संघ ओखलढुङ्गाका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्के सम्माननीय राष्ट्रपति भण्डारीबाट प्रबल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा विभूषित हुनुभएको हो ।

विहिवार आयोजित समारोहमा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईलाई मरणोपरान्त नेपाल रत्न, मन्त्रिपरिषद् पूर्वअध्यक्ष सुवर्णशमशेर राणालाई मरणोपरान्त राष्ट्र गौरव र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव प्रदान गरिएको छ। त्यस्तै तुल्सीलाल अमात्य, मङ्गलादेवी सिंह, दुर्गानन्द झा, नारायणगोपाल गुरुवाचार्यलाई मरणोपरान्त तथा चोलेन्द्रशमशेर जबरा र मोहनचन्द्र अधिकारीलाई महाउज्ज्वल राष्ट्रदीप पदकद्वारा विभूषित गरिएको छ ।

त्यसैगरि राजनीतिज्ञ प्रदीप नेपाललाई सुप्रसिद्ध प्रबल जनसेवाश्री, पोष्टबहादुर बोगटीलाई र मार्शलजुलुम शाक्यलाई मरणोपरान्त तथा विश्वम्भरप्रसाद श्रेष्ठलाई उज्ज्वल कीर्तिमय राष्ट्रदीप प्रदान गरिएको छ ।