नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

बोलेरो दुर्घटना अपडेट ः ३ को मृत्यु, मृतक सबै प्रहरी

ओखलढुङ्गान्युज चैत ३०, ओखलढुङ्गा बुधबार विहान बोलेरो दुर्घटनामा परेर मृत्यु हुनेहरुको पहिचान खुलेको छ । मृत्यु हुनेहरुमा सोलुखुम्बु जिल्ला घर भएका भूपेन्द्र कार्की, झापा जिल्ला घर भएका मनिक राजबंशी र खोटाङ जिल्ला घर भएका रुपक विष्ट रहेका छन् ।

बोलेरोमा दुर्घटनामा परेर मृत्युहुने तिनै जना नेपाल प्रहरीका जवानहरु रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायव उपरीक्षक शुकदेव खनालले जानकारी दिनुभयो । घटनाको सुरुमा विराटनगरवाट ओखलढुङ्गा आउदै गरेको बताईए पनि बोलेरो सोलुखुम्बुवाट विराटनगर तर्फ जादै गरेको बोलेरो रहेको पनि प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिनुभयो ।

दुर्घटनामा परि घाईते भएका सबैलाई हेलिकप्टर मार्फत उद्धार गरि काठमाण्डौंको नेपाल प्रहरी हस्पिटलमा पु¥याईएको छ । दुर्घटनामा परि २ जनाको घटनास्थलमा नै मृत्यु भएको र १ जनाको भने उपचारको क्रममा काठमाण्डौंमा मृत्यु भएको पनि प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिनुभयो । अन्य घाईतेहरुको भने प्रहरी अस्पतालमा उपचार भैरहेको पनि प्रहरीले जनाएको छ ।

बुधबार विहान  चुनावका लागि सोलुखुम्बुवाट प्रहरीको टीम लिएर विराटनगर जादै गरेको बा १६ च १०९४ नम्बरको बोलेरो मानेभञ्ज्याङ ६ र ७ को सिमानामा पर्ने बान्द्रे भिर (भडारे खोला नजिकै) दुर्घटनामा परेको थियो । बोलेरो सडकवाट खसेर भिरमा तारको जालिमा अड्किएको थियो ।