नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गा आउदै गरेको बोलेरो दुर्घटना, २ को मृत्यु, ८ घाइते

ओखलढुङ्गान्युज । चैत ३०, ओखलढुङ्गा । बुधबार विहानै ओखलढुङ्गामा बोलेरो दुर्घटनामा परेको छ । विराटनगरवाट ओखलढुङ्गा आउदै गरेको बोलेरो दुर्घटनामा परी गाडीमा सवार २ जना प्रहरीको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।

विराटनगरबाट चुनावका लागि प्रहरीको टीम लिएर आएको बा १६ च १०९४ नम्बरको बोलेरो मानेभञ्ज्याङ ६, भडारे खोला नजिकै दुर्घटनामा परेको हो । बोलेरोमा ८ प्रहरी,१ सर्वसाधारण सहित १० जना सवार रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।