नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

स्थानीय तह निर्वाचन २०७९ मा ओखलढुङ्गामा १८ दलले भाग लिने, पार्टीको नाम के के ?

ओखलढुङ्गान्युज चैत २८, ओखलढुङ्गा आगामी स्थानीय तहको निर्वाचन २०७९ मा ओखलढुङ्गामा १८ राजनीतिक दलले भाग लिने भएका छन् । स्थानीय तहको निर्वाचनका लागि ओखलढुङ्गामा १८ दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाका प्रमुख प्रेम प्रसाद न्यौपानेले जानकारी दिए ।

निर्वाचन अधिकृत न्यौपानेका अनुसार केन्द्रिय निर्वाचन आयोगको निर्देशन अनुसार ओखलढुङ्गाको स्थानीय तहको निर्वाचनका लागि पनि आवश्यक तयारीका काम तिब्रतर गतिमा भैरेको छ । निर्वाचन आयोगको निर्देशन अनुसार ओखलढुङ्गमा पनि चाडै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी थालिएको छ ।

स्थानीय तहको निर्वाचनमा भाग लिन ओखलढुङ्गाका १९ दल

१) नेपाली कांग्रेस                                 २) नेकपा एमाले

३) नेकपा (माओवादी केन्द्र)                 ४) नेकपा (एकिकृत समाजवादी)

५) जनता समाजवादी पार्टी                   ६) मंगोल नेशनल अर्गनाईजेशन

७) राष्ट्रिय प्रजातन्त्र पार्टी                       ८) राप्रपा नेपाल

९) नेपाल मजदुर किसान पार्टी                       १०) नेपाल परिवार दल

११) संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च              १२) सामाजिक एकता पार्टी

१३) उन्नत लोकतान्त्रिक पार्टी                        १४) नेपालका लागि नेपाली पार्टी

१५) खम्बुवान राष्ट्रिय मोर्चा                   १६) राष्ट्रिय जनमोर्चा

१७) जनजागरण पार्टी नेपाल                 १८) नेकपा (माले)