नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले सरकारी गाडी फिर्ता गरे

ओखलढुङ्गान्युज । चैत २७, खोटाङ । खोटाङ जिल्लाका एक गाँउपालिकाका अध्यक्ष र उपाध्यक्षले आफु चढ्ने सरकारी गाडी फिर्ता गरेका छन् । जिल्लाको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौला र उपाध्यक्ष पुष्पकला भुजेलले आफुले प्रयोग गर्दै आएको सरकारी गाडी शुक्रबार फिर्ता गरेका हुन् ।

गाउँपालिका अध्यक्ष निरौलाले बा २ झ ३४९६ नम्बरको स्कार्पियो गाडी र उपाध्यक्ष भुजेलले बा २ झ ४३९४ नम्बरको गाडी चढ्दै आएका थिए । शुक्रबार गाउँपालिकाको सभाहल उद्घाटन एवं विशेष गाउँसभाको अवसर पारेर अध्यक्ष निरौलाले र उपाध्यक्ष भुजेलले गाडीको चावी गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवलाई हस्तान्तरण गरेका हुन् ।

निर्वाचन आयोगले आगामी २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि शनिवार विहानी राती देखी लागू हुनेगरि आचारसंहिता जारि गरिसकेको छ । निर्वाचन आचार संहिता जारि हुनु अगाडी नै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले गाडी फिर्ता गरेका हुन् । ऐसेलुखर्क गाउँपालिकामा अध्यक्षको प्रयोजनकालागि २०७४ सालमा र उपाध्यक्षको प्रयोजनकालागि २०७५ सालमा गाडी खरिद गरिएको थियो ।