नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

हिन्दूराष्ट्र स्वाभिमानको पोखरामा प्रबुद्ध गोष्ठी

ओखलढुङ्गान्युज चैत २७, पोखरा शनिवार पोखरामा हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानद्ले प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम सम्पन्न गरेको छ । हिन्दूहरुलाई जागरुक, संगठित र सचेत बनाउँदै नेपाललाई हिन्दू राष्ट्र बनाउने अभियान अन्तर्गत संस्थाले प्रबुद्ध नागरिक गोष्ठिको आयोजना गरेको हो ।

अभियान अन्तर्गत पोखरामा आयोजनामा भएको कार्यक्रमलाई सर्वोच्च अदालतका पुर्व प्रधानन्यायधिश गोपाल पराजुलीले सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा प्रधानन्यायधिश पराजुलीले हिन्दूधर्मको रक्षाका लागि हिन्दूहरु स्वयम जागरुक हुनुपर्नेमा जोड दिनुभएको थियो । संघियता संगै ल्याईएको धर्म निरपेक्षताले नेपाली समाजलाई विभाजन गरेकाले यो हिन्दूधर्माबलम्बीहरुका लागि धोका भएको उहाँको भनाई छ । सम्बोधनका क्रममा पुर्व प्रधानन्यायधिस पराजुलीले सवैलाई  बन्धुत्वको भावले समेट्ने हिन्दूधर्मलाई आधार मानी राष्ट्रलाई हिन्दूराष्ट्रको पहिचानको रुपमा विकास गर्न सुझाव दिनुभएको थियो ।

त्यस्तै नेपाल प्रहरीका पुर्व प्रहरी अतिरिक्त महानिरिक्षक तथा अभियानका केन्द्रिय सदस्य कल्याण तिम्सिनाले हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियान नेपालको अस्तित्वसँग जोडिएको अभियान भएको बताउनुभयो । त्यसैले पनि हिन्दूहरुलाई जागरुक, संगठित र सचेत बनाउँदै नेपाललाई हिन्दू राष्ट्र बनाउन अभियान सुरु भएको उहाँले बताउनुभयो ।

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न र हिन्दू धर्मालम्वीहरुमा हिन्दूत्व प्रतिको गौरवभाव पुनरजागरण गर्न देशभर अभियान सञ्चालन गरेको अभियानका संयोजक रुक्माङ्गद कटवालले गोष्ठीलाई भिडियो सन्देश मार्फत सम्बोधन गर्दै जानकारी दिनुभयो । अभियान गैर राजनितिक भएकाले उहाँले सवै यस अभियानमा जोडिन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा संयोजक उद्योगी व्यवसायी सुशिल कुमार गोशली, अथिती लिलाभक्त आचार्य, कार्यक्रम सहसंयोजक सावित्री शर्मा पौडेल लगायतले अबको आवश्यकता हिन्दूराष्ट्र नै एक मात्रै विकल्प भएको धारणा राख्नुभएको थियो ।