नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

भोली आईतवार सरकारले दियो सार्वजनिक विदा

ओखलढुङ्गान्युज । चैत २६, काठमाण्डौं । सरकारले आईतवार अर्थात भोली सार्वजनिक विदा दिएको छ । चैते दशैं अर्थात रामनवमी पर्वको अबसरमा सरकारले सार्वजनिक विदा दिएको हो ।

शनिवार गृह मन्त्रालयले एक सूचना सार्वजनिक गर्दै आईतवार सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको हो । सार्वजनिक गरिएको सूचनामा रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।

गृह मन्त्रालयको सूचना