नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

झुण्डिएको अबस्थामा ओखलढुङ्गामा एक युवक मृत फेला

ओखलढुङ्गान्युज । चैत २६, ओखलढुङ्गा । ओखलढुङ्गामा एक युवक झुण्डिएको अबस्थामा एक युवक मृत फेला परेका छन् । जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. २ कुडुले भन्ने स्थानमा स्थानीय युवा अन्दाजी वर्ष २५ का राजु परियार झुण्डिएको अबस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

मृतक परियार शनिवार विहान स्थानीय मन बहादुर सार्कीको घरको भान्छा नजिकै बाहिरपट्टी काठको भ¥याङमा झुण्डिएको अबस्थामा फेला परेका हुन् । घरधनी सार्की विहान उज्यालो भएपछि ढोका खोलेर बाहिर निस्कदा भुण्डिएको शब देखेपछि प्रहरी चौकी निशंखेमा खबर गरेका थिए ।

घटनाको बारेमा जानकारी प्राप्त हुनासाथ निशंखे चौकीका प्रहरीको टोली घटनास्थल पुगेको थियो । त्यहि टोलीले जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएपछि ओखलढुङ्गाको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी घटनास्थलमा पुगेर घटनाको बारेमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

युवक परियार झुण्डिएको अबस्थामा फेला परेपनि झुण्डिएको अबस्थामा रहेको शबको प्रकृति हत्या गरिएर झुण्ड्याईएको जस्तो देखिएको स्थानीयले बताएका छन् । युवकको शरीरको केहि भागमा चोट लागेको र नजिकै खुकुरी समेत देखिएको स्थानीयले बताएका छन् । घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी छ ।