नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

निर्वाचन आचार संहिता जारी, प्रचार प्रसार गर्न सामाजिक सञ्जालमा कडाई

ओखलढुङ्गान्युज चैत २५, काठमाण्डौं निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आचार संहिता जारी गरेको छ । निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी आचार संहिता आजकै मिति अर्थात चैत २५ देखि नै लागू भएको जनाएको हो ।

जारि भएको आचार संहिता अनुसार आजवाट कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा मात्र होइन, सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि पाइने छैन । दल वा उम्मेदवारले आधिकारिक पेजमा मात्र प्रचार गर्न पाउने आयोगले प्रष्ट पारेको छ ।

आचार संहिता जारी भएपश्चात झोला, टिसर्ट, क्याज जस्ता सामाग्री छाप्न र वितरण गर्नसमेत रोक लगाइएको आयोगले जनाएको छ । आयोगले जारि गरेको आचार संहिता कार्यान्वयन हुनेमा ठूलै दलका नेताहरुले समेत आशंका गरेका छन् । आचार संहिता विपरित कार्य गरेमा निर्वाचन आयोगले भने कार्बाही गर्ने जनाएको छ ।