नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गाका सहिद तथा वेपत्ताका परिवारलाई सम्मान

ओखलढुङ्गान्युज चैत २४, ओखलढुङ्गा ओखलढुङ्गामा विहिबार जिल्लाका सहिद तथा वेपत्ता भएका व्यक्तिका परिवारहरुलाई सम्मान गरिएको छ । विहिबार ओखलढुङ्गामा आयोजित कार्यक्रमकाम विच सशस्त्र द्वन्द्वका क्रममा ओखलढुङ्गावाट ज्यान गुमाएका तथा वेपत्ता भएका व्यक्तिका परिवारहरुलाई सहिद प्रतिष्ठान नेपाल ओखलढुङ्गाले सम्मान गरेको हो ।

सहिद प्रतिष्ठान नेपाल ओखलढुङ्गाले आयोजना गरेको सम्मान कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का अर्थ समितिका सभापति एवम् ओखलढुङ्गाका प्रदेश सभा सदस्य मोहन कुमार खड्काको समेत उपस्थिती रहेको थियो । सम्मान कार्यक्रममा सम्बोधन गर्दै अर्थ समितिका सभापति एवन् सांसद खड्काले सहिद तथा वेपत्ता योद्धाहरुको सपनालाई साकार पार्न आफू सदैव लागि पर्ने प्रतिवद्धता जनाउनुभयो ।

संसदीय व्यबस्थाको राजनीति परिवर्तन सँगै सहिदहरुले देखेको सपनालाई केही नेताहरुले क्रमशः विर्सन लागेको भन्दै उनीहरुलाई खबरदारी गर्न समेत खड्काले सहिद तथा वेपत्ता भएका परिवारहरुलाई आग्रह गर्नुभयो । सामान्ती व्यबस्थाको परिवर्तनका लागि ज्यान आहूती दिने सहिदका सपना तथा लगानीलाई विर्सनेहरुलाई  उनीहरुको आँशु र रगतको सदैव श्राप लाग्ने समेत खड्काले बताउनुभयो ।

सम्मान कार्यक्रमको अवसर पारेर आयोजना गरिएको सहिद परिवार समाजको भेलामा सहिद प्रतिष्ठान ओखलढुङ्गा र सहिद परिवार समाज नेपाल ओखलढुङ्गालाई एकैठाँउमा मर्च गरेर प्रकृया पु¥याई नयाँ प्रकृयामा जाने समेत निर्णय भएको छ । दुई संस्थालाई मर्च गरि नयाँलाई जागरुक बनाउन भन्दै सहिद परिवार समाजका अध्यक्ष पेमडोमा शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति समेत भेलाले चयन गरेको छ ।