नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

सुनकोसी ५ को वडा अध्यक्षमा गोविन्द तामाङको नाम सर्वसम्मत

ओखलढुङ्गान्युज चैत २४, ओखलढुङ्गा सुनकोसी गाउँपालिकाको वडा नं. ५ मा कुशल नेतृत्व गरिरहेका वर्तमान वडा अध्यक्ष गोविन्द तामाङ नेकपा एमालेको तर्फवाट वडा अध्यक्षमा सर्वसम्मत सिफारिस भएका छन् । केहि दिन अगाडी भएको एमाले वडा कमिटिको भेलाले आगामी स्थानीय तहको निर्वाचनका लागि तामाङको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

जिल्लाव्यापी रुपमा एमालेले वडा तथा पालिकाको भेला बैठक गरेर वडा अध्यक्ष, सदस्य तथा पालिकाको उम्मेदवारहरुको नाम सिफारिसका लागि छलफल जारि राखेको छ । छलफलका क्रममा कतिपय स्थानीय तहका वडाहरुमा वडा अध्यक्ष पदका लागि झण्डै दर्जन सम्मले दावी गरिरहेका छन् । कतिपय वडाहरुमा यस अगाडी निर्वाचित भएका जनप्रतिनिधीहरुको लोकप्रियता गुमाएको तथा कतिपयमा भने पार्टी स्थापित भएपछि उम्मेदवारीमा दावी गर्नेको संख्या बढि भएको एमालेका जिल्ला स्तरिय नेताहरु बताउछन् । तर निर्वाचित भएकाहरुको लोकप्रियता भन्दा पनि बढि अलोकप्रियता भएको स्थानीय बताउछन् ।

एमालेले जितेका धेरै स्थानमा पार्टीको लोकप्रियता समेत गुमनउदै गएको अबस्थामा नेपाली कांग्रेसको गढ समेत मानिने सुनकोसी ५, मूलखर्कमा तामाङले भने लोकप्रियता हासिल गरेका छन् । तामाङको लोकप्रियता पछि अन्य राजनितिक दलका तर्फवाट समेत आफ्नो बलियो उम्मेदवार उठाउन उम्मेदवारको खोजी गरिरहेका छन् । तर तामाङको तुलनामा सुनकोसी ५ मा अरु जो उठेपनि उम्मेदवार कमजोर हुने स्थानीय बताउछन् । तामाङलाई अध्यक्ष पदमा नउठाएमा त्यहाँ एमालेले पनि चुनाव हार्ने देखेपछि तामाङको नाम सर्वसम्मत गरेको हो ।

जिल्लामा एमालेका तर्फवाट निर्वाचित भएका वडा अध्यक्षहरु मध्ये तामाङ पार्टी तथा स्थानीयको नजरमा समेत प्रभावशाली युवा वडा अध्यक्ष हुन् । आगामी स्थानीय तहको निर्वाचनमा समेत तामाङले नै वडा अध्यक्ष पदमा जित्ने पक्का रहेको स्थानीयको भनाई छ । आगामी स्थानीय तहको निर्वाचनमा आफू पूनः निर्वाचित हुने र यस अगाडी बाचा गरेर अधुरा रहेका कामहरुलाई पूरा गर्ने तामाङको भनाई छ ।

२०७४ सालमा भएको निर्वाचनमा आफूलाई विश्वास गरेर नागरिकले विजयी गराएको र केही अधुरा काम पूरा गर्न आफूलाई यहाँका नागरिकले पून विजयी गराउने तामाङले विश्वास व्यक्त गरे । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वीलाई १६३ मत अन्तरले पछाडी पादै विजयी हासिल गरेका थिए ।