नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

निर्वाचित महिला जनप्रतिनिधीलाई दलित महिला केन्द्र नेपालको बुट क्याम्प तालिम

ओखलढुङ्गान्युज चैत २२, ओखलढुङ्गा सिद्धिचरण नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधीहरुलाई दलित महिला केन्द्र नेपालले बुट क्याम्प तालिम सम्पन्न गरेको छ । सिद्धिचरण नगरपालिकामा गत २० गते देखी सुरु गरेको उक्त बुट क्याम्प तालिमको आज समापन गरिएको हो ।

ओखलढुङ्गाको चार ओटा स्थानीय तहमा कार्यक्षेत्र रहि काम शिलिड्स परियोजना मार्फत काम गरिरहेको केन्द्रले यस भन्दा अगाडी मोलुङ गाउँपालिका, मानेभञ्ज्याङ्ग गाउँपालिका र सुनकोसी गाउँपालिकामा पनि यस्तै तालिम सम्पन्न गरिसकेको छ । निर्वाचित महिला जनप्रतिनिधिहरुको राजनीतिक र निर्णय प्रकृयामा अर्थपुर्ण सहभागी बृद्धि गराउने उद्देश्य सहित चारओटै पालिकाका महिला जप्रतिनिधीहरुलाई बुट क्पाम्प तालिम सञ्चालन गरिएको परियोजनाका ओखलढुङ्गा प्रमुख बुना वि.क.ले बताईन ।

परियोजना मार्फत संस्थाले ओखलढुङ्गा जिल्ला बाहेक खोटाङ, झापा, मोरङ र सुनसरीमा पनि यो तालिम सञ्चालन गरिरहेको छ । प्रदेश नं. १ को ५ जिल्लाका २६ स्थानीय सरकारका ५ सय २ जना निर्वाचित महिला जनप्रतिनिधीहरुलाई संस्थाले तालिम सञ्चालन गरिरहेको छ । ओखलढुङ्गाका चार स्थानीय तहका ६३ जनालाई तालिम दिने संस्थाको लक्ष्य रहेको भएपनि निर्वाचित ५६ जना महिला जनप्रतिनिधीले मात्रै तालिममा सहभागीता जनाएको संयोजक वि.क.ले जानकारी दिईन् ।

तालिममा निर्वाचित महिलाहरु नै सहभागी रहेकोले उनीहरुलाई पुन निर्वाचित भएर आउन र विकासमा जोड्ने संस्थाद्वारा सञ्चालित परियोजनाको तालिमको उद्धेश्य उद्देश्य रहेको छ । तालिमको समापनमा सहभागी महिला जनप्रतिनिधीहरुले महिलालाई पनि राजनीतिक नीति निर्माण सँगै निर्णायक तहमा पुग्न माग गर्दै राजनीतिक दलका पार्टी प्रतिनिधीहरुलाई ज्ञापनपत्र बुझाएका थिए ।