नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

ओखलढुङ्गामा बोलेरोले ठक्कर दिदा विद्यालय जादै गरेका बालक घाईते

ओखलढुङ्गान्युज चैत २१, ओखलढुङ्गा बोलेरोले ठक्कर दिदा ओखलढुङ्गमा शोमबार विहान एक बालक घाईते भएका छन् । घाईते हुनेमा सिद्धिचरण नगरपालिका वडा नं. ११ रमाईलोडाँडा बस्ने ईन्द्र कुमार राईका ६ वर्षीय छोरा अनिष राई रहेका छन् ।

सोमबार विहान घरवाट विद्यालय तर्फ जाने क्रममा बालक अनिषलाई पछाडीवाट आएको बोलेरोले ठक्कर दिएको थियो । बालक अनिष बुबाको हात समातेर विद्यालय तर्फ जादै थिए । विद्यालय जादै गर्दा रमाईलो डाँडाको जिरो पोईन्ट नजिकै बोलेरोले ठक्कर दिएको थियो । घाईते अनिष जिल्ला सदरमुकाममा रहेको लालिगुँरास ईङ्लिस बोर्डिङ स्कूलको कक्षा यूकेजीमा अध्ययरत विद्यार्थी हुन् ।

बालकलाई ठक्कर दिनासाथ सोहि बोलेरोले बच्चालाई गाडीमा राखेर सामुदायीक अस्पताल सोब्रुमा पु¥याएको अनिषका बुबा ईन्द्रले बताए । सामुदायीक अस्पतालमा उपचार पश्चात बच्चाको अवस्था सामान्य भनेपछि चोट लागेको खुट्टामा ब्याण्डेज बाधेर बालकलाई घरमा ल्याएको घाईते बालकका बुबा राईले बताएका छन् ।

बालकलाई ठक्कर दिने गाडी र घटनाको बारेमा बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले भने केहि थाहा नभएको बताएको छ ।