नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

सिन्धुपाल्चोकमा ग्यास सिलिण्डर विष्फोट हुँदा ३ जना बालबालिकाको मृत्यु

ओखलढुङ्गान्यज । चैत २१, काठमाण्डौं । खाना पकाउने ग्यासको सिलिण्डर विस्फोटन हुँदा सिन्धुपाल्चोक बाह«बिसेमा तीनजना बालबालिकाको ज्यान गएको छ । आईतवार साँझ भएको ग्यास विस्फोटनमा परि बालबालिकाको मृत्यु भएको हो ।

सिन्धुपाल्चोक जिल्लाको बाह«विसे नगरपालिका वडा नं. ८ मानेस्वाँरा भन्ने स्थानमा मिन बहादुर तामाङको घरमा खाना पकाउने ग्याँस लिक भएर ग्याँसको सिलिण्डर विस्फोट भएको थियो । सिलिण्डर विस्फोट पछि घरमा आगलागी भएको थियो ।

विस्फोट पछि भएको आगलागीमा परि मिन बहादुर तामाङका छोरा १० बर्षीय इशाक तामाङ, उनका भतिज कुमार तामाङका छोरा वर्ष ६ का सरगम तामाङ र छिमेकी पदम तामाङकी अढाई बर्षीया छोरी दिव्या तामाङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्र शाहले जानकारी दिए । आगलागीमा परि घाईते भएको मिन बहादुर तामाङको भने उपचार भैरहेको पनि प्रहरीले जनाएको छ ।