नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

सरकारले बढायो सवारी साधनको भाडा

ओखलढुङ्गान्युज चैत २०, काठमाण्डौं सरकारले आईतवार देखी सार्वजनिक सवारी साधनको मूल्य बृद्धि गरेको छ । आईतवार सरकारले अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको हो ।

यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार यात्रुबाहक सवारी साधनमा भने भाडा १० प्रतिशतले मात्र बढाएको छ । यातायात व्यबस्था विभागका अनुसार पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको छ । यात्रुबाहक तथा मालबाहक सहित पहाडी तथा तराई क्षेत्रका भूगोल अनुसार १० देखि १५ प्रतिशतसम्म भाडा बढाउने निर्णय भएको हो ।

पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने निर्णय भएको हो । संघ सरकारले भाडा बढाएपछि प्रदेश सरकारहरुले पनि मध्यम र छोटो दूरीका सवारीको भाडा बढाउने छन् । कतिपय यातायात व्यावसायीहरुले सरकारको निर्णय आउनुपूर्व नै पेट्रोलियम पद्धार्थको मूल्य बढेको भन्दै भाडा बढाएका थिए ।