नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

ओखलढुङ्गाकी एक्ली महिला वडा अध्यक्षको रहर पालिका उपाध्यक्ष बन्ने

रामहरि श्रेष्ठ । चैत १८, ओखलढुङ्गा ।  ओखलढुङ्गाकी एक्ली महिला वडा अध्यक्ष आँङपसी शेर्पाले आगामी स्थानिय तहको निर्वाचनमा पालिका उपाध्यक्षको दाबी गरेकी छिन् । स्थानीय निर्वाचन २०७९ बैशाख ३० नजिकीएसँगै जनप्रतिनिधी पदमा उम्मेदवारहरुको दावी गर्ने क्रम बढेको बेला महिला वडा अध्यक्ष शेर्पाले गाउपालिकाको उपाध्यक्ष पदमा दावी गरेकी हुन् ।

आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा पार्टीले टिकट दिए पालिका उपाध्यक्ष हुने शेर्पाले बताईन । शेर्पा २०७४ सालको स्थानिय तह निर्वाचनमा नेकपा एमालेबाट खिजीदेम्बा गाउँपालिका ९ का वडा अध्यक्ष बनेकी थिईन् । ओखलढुङ्गा जिल्लाका ८ स्थानीय तहमा रहेको ७५ ओटा वडाहरु मध्ये शेर्पा एक मात्र निर्वाचित महिला वडा अध्यक्ष हुन् । यसअघिको कार्यकालमा धेरै कुरा सिक्ने अवसर मिलेको भन्दै यसलाई आधार मानेर पालिका उपाध्यक्षमा दाबी गर्ने उनले बताईन् ।

आफुले गरेको कामको मुल्याङ्कन गरेर पनि पार्टीले टिकट दिनुपर्ने उनको भनाई छ । पाँच बर्षे कार्यकाललाई फर्केर हेर्दा आफूले शिक्षा, स्वास्थ्य, सञ्चार तथा यातायातको क्षेत्रमा बढी काम गरेको प्रतिकृया दिईन् । दुर्गम स्थानमा टेलिफोन नुहदाँ समस्यामा परेका नागरिकलाई तार्कीडाँडामा टेलिफोन टावर स्थापना, गाँउगाँउमा ग्रामिण सडक तथा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन स्वास्थ्य युनिट स्थापना गरेको शेर्पाले बताईन् ।

यस बाहेक महिला लक्षित शिप बिकास तालिम तथा बालवालिका लक्षित कार्यक्रमहरु पनि गरिएको छ । महिला वडा अध्यक्ष रहदाँ अनेकौँ चुनौतीहरु देखिएपनि त्यसलाई अवसरको रुपमा लिएर जनताको सेवा गरेको उनले सुनाईन् । भाबी योजना अब आगामी स्थानिय तह निर्वाचनमा पार्टीले सहयोग गरे पालिका उपाध्यक्ष बनेर जनताको सेवामा थप लाग्ने उनको प्रतिबद्धता छ ।

पालिका उपाध्यक्ष बनेर ग्रामिण भेगमा पछाडी पारिएका महिला तथा बालबालिकाको क्षेत्रमा नीति तथा कार्यक्रम निमार्ण गर्ने उनको ईच्छा छ । यस बाहेक राजनितीलाई सामाजिक सेवाको रुपमा लिएर थप जोसका साथ काम गर्ने उनको भनाई छ ।